२४ घन्टामा ९९ संक्रमितको मृत्यु

काठमाडौं, २३ जेठ । कोरोना संक्रमणबाट आज थप ९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा ३ हजार ४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ४ सय ७१ जनाको पिसीआर परिक्षणमा ३ हजार ४० जना र ३२ सय ६२ जनाको एन्टिजेन परिक्षण गर्दा ४५५ जनालाई संक्रमण पुष्टि भएको हो । २४ घन्टामा ६६ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button