आइतबार ६ हजार बढी संक्रमणमुक्त

काठमाडौं, २३ जेठ । देशभर २४ घन्टामा आज ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९० हजार ६ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा ३ हजार ४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५ लाख ८८ हजार ५७९ पुगेको छ ।

मन्त्रालयको १० हजार ४ सय ७१ जनाको पिसीआर परिक्षणमा ३ हजार ४० जना र ३२ सय ६२ जनाको एन्टिजेन परिक्षण गर्दा ४५५ जनालाई संक्रमण पुष्टि भएको हो । २४ घन्टामा ६६ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट आज थप ९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button