अब खेल्ने शैलीमा परिवर्तन गर्नुपर्छ।

नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट खेलका लागि अहिले कुबेतमा छ । ४० डिग्रीभन्दा माथिको तापक्रममा नेपालले चाइनिज ताइपेइविरुद्ध सुखद नतिजा निकाल्यो । समर्थकले सुधारिएको खेल हेर्ने मौका पाए । प्रशिक्षकको जिम्मेवारी अब्दुल्लाह अल्मुताइरीले सम्हालेपछि खेल्ने शैलीमै परिवर्तन आएको खेलाडीले बताएका छन् । नेपालले अब जोर्डन र अस्ट्रेलियासँग कस्तो प्रदर्शन गर्ला त ?

विश्वकप छनोट दोस्रो चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइलाई दुई शुन्य गोलले हराएको हो । चाइनिज ताइपेइविरुद्ध विश्वकप छनोटमा नेपालको यो दोस्रो जित हो । पहिलो लेगमा नेपालले ताइपेइलाई उसकै मैदानमा दुई शुन्य गोलले नै पराजित गरेको थियो । विहिबारको खेलमा नेपालको जितमा अन्जन विष्ट र सब्सिच्युट नवयुग श्रेष्ठले गोल गरे । प्रशिक्षक अल्मुताइरीको रणनीति अनुसारकै प्रदर्शन गरेकाले सुखद नतिजा सम्भव भएको खेलाडीले बताएका छन् । उनीहरु भन्छन्- अब्दुल्लाहको नेतृत्वमा नयाा फटबल महसुस गरिरहेका छौं ।

खेलाडीमा आत्मविश्वास बढेको छ । नेपालले अब बलिया प्रतिद्धन्दी जोर्डनसाग सोमबार र अस्ट्रेलियासाग शुक्रबार खेल्नेछ । पहिलो लेगमा नेपालले जोर्डनसाग तीन शुन्य र अस्ट्रेलियासाग पाँच शुन्यको हार व्यहोरेको थियो । पहिलेको प्रदर्शनमा सुधार गरी गोल अन्तर कम गर्ने लक्ष्य छ ।

प्रशिक्षक अल्मुताइरीले यी दुई खेलका लागि खेलाडीलाई दबाब नदिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । जोर्डन र अस्ट्रेलियाविरुद्ध खेलाडीले गर्ने प्रदर्शनलाई लिएर समर्थकको निकै चासो छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button