आज नेपाल र जोर्डन प्रतिस्पर्धा गर्दै, थाहा पाउनुहोस् खेलको सम्पूर्ण जानकारी

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ।समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ। जोर्डनलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ।

समूह ‘बी’ कै खेलमा आज अस्ट्रेलिया र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ।१५ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका पाँचै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान १०-१० अंक जोडेका छन्।

नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका ६ खेलमै हार बेहोरेकाले अंक जोड्न सकेको छैन।

खेलको जानकारी

खेल : नेपाल भर्सेस जोर्डन

प्रतियोगिता : विश्वकप तथा एसियन कप संयुक्त छनोट (दोस्रो चरण)

स्थान : कुवेत सिटी, कुवेत

समय : राति ९:४५ बजे (नेपाली समयअनुसार)

प्रत्यक्ष प्रशारण : कान्तिपुर टेलिभिजन

फिफा वरीयता : जोर्डन (९५), नेपाल (१७१)

हेड टु हेड

खेल : ३

नेपाल : २ हार, १ बराबरी

जोर्डन : २ जित, १ बराबरी

के भन्छन् प्रशिक्षक?

अब्दुल्लाह अलमुताइरी (नेपाल)

फुटबलमा नतिजाले मात्र अर्थ राख्छ, हामी जोर्डनविरुद्ध सन्तुलित ढंगबाट खेल्नेछौं। हामी हार मान्नेवाला छैनौं, खासगरी नेपालको प्रशासनिक निकायसँगै खेलाडी र प्रशंसकहरूको मानसिकतामा परिवर्तन भएको छ। सबै खेल ०-० बाट सुरु हन्छ र नतिजा मैदानमा देखाएको प्रदर्शनको आधारमा तय हुन्छ। हाम्रो लक्ष्य जित्ने हो। एसियन कपमा छनोट हुनका लागि हामीलाई जित्न जरुरी छ।

भाइटल बोर्केलमन्स (जोर्डन)

हामीलाई छनोट हुनका लागि ९ अंक चाहिन्छ। अंक जोड्ने यात्रा हामी नेपालविरुद्धको खेलबाट सुरु गर्न चाहान्छौं। पहिला हामी नेपालविरुद्ध तीन अंकका लागि खेल्नेछौं। त्यसपछि मात्र अर्को खेलमा ध्यान दिनेछौं।

नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल

मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी

फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट

पछिल्ला खेलको नतिजा

जोर्डन

सन् २०२१ मा जोर्डनले ८ मैत्रीपूर्ण खेल खेलेको छ। जसमा तीन खेलमा जित हात पारेको जोर्डन तीन खेलमा पराजित भएको छ। दुई खेलमा भने जोर्डन बराबरीमा रोकिएको छ। गत मे ३१ मा भियतनामसँगको मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको जोर्डन २४ मेमा युएईसँग ५-१ गोलले पराजित भएको थियो।

नेपाल

नेपालले कोरोना भाइरसपछि ७ खेल खेलिसकेको छ। जसमध्ये तीन खेलमा बराबरी, दुई खेलमा हार र दुई खेलमा जित हात पारेको छ।

यो अविधमा नेपालले बंगलादेशसँग ४ पटक प्रतिस्पर्धा गरेको छ। जसमा दुई खेल बराबरीमा सकिएका छन्। एक खेलमा हार बेहोर्दा नेपालले एक खेलमा जित हात पारेको छ।

यस्तै नेपालले कीर्गिस्तानको यु२३ टिमसँग पनि प्रतिस्पर्धा गर्‍यो। थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा भएको सो खेलमा नेपाल गोलरहित बराबरीमा रोकियो।

गत साता नेपालले पूर्वएसियन च्याम्पियन इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो। जसमा नेपाल ६-२ गोलले पराजित भयो।

यस्तै विश्वकप छनोटअन्तर्गत चार दिनअघि नेपालले ताइपेईलाई २-० गोलले पराजित गर्‍यो।

कोरोनाअघि नेपाली टिम विश्वकप छनोटमा खेलेका पाँच मध्ये चार खेलमा पराजित भयो।

नेपालले विश्वकप छनोटमा कुवेतसँग १-० र ७-० को हार बेहोर्दा अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० गोलले पराजित भयो।

ताइपेईलाई २-० ले पराजित गरेको नेपालले म्यानमारविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै ३-० को हार बेहोर्‍यो। कोरोनाअघि खेलेका पछिल्ला ६ खेलमा नेपालले १९ गोल खायो भने केवल २ गोल गर्न सक्यो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button