मुस्लिम परिवारको ४ सदस्यलाई क्यानडामा ट्रकले किचेर हत्या।

क्यानडामा ट्रकले कुल्चाएर एक मुस्लिम परिवारका ४ सदस्य मारिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडाको अन्टेरिओ राज्यस्थित लन्डन सहरमा एक व्यक्तिले जानाजान ट्रकले सो परिवारलाई कुल्चेर मारेका हुन्।

मारिनेमा ७४ वर्षीय वृद्धा, ४४ वर्षीया महिला, ४६ वर्षीय पुरुष र १५ वर्षीय किशोरी रहेका छन्। त्यस्तै सो परिवारका ९ वर्षीय छोरा मात्र अहिले जिवित रहेको बताइएको छ। उनको गम्भीर अवस्थामा उपचार भइरहेको बीबीसीले उल्लेख गरेको छ।

आफन्तको चाहनामा उनीहरूको नाम सार्वजनिक नगरिएको अधिकारीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार कालो रङ्गको ट्रक आएर पार्क नजिकै रहेका मानिसलाई कुल्चन थालेको थियो। त्यहाँ रहेका थुप्रै मानिस हताहती भएका थिए।

सो घटना गराएको आरोपमा २० वर्षीय क्यानडियन नागरिक नाथनियल भेल्टम्यान पक्राउ परेका छन्। उनी यसअघि आपराधिक क्रियाकलापमा संलग्न नभएको प्रहरीले जनाएको छ। यद्दपि उनी कुनै आपराधिक समूहमा संलग्न भए÷नभएको बारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन्।

मुस्लिम भएकै कारण उनीहरूलाई आक्रमण गरिएको प्रहरीका अधिकारी पल वेगले बताए। ‘मुस्लिम भएकै कारण उनीहरूलाई निसाना बनाइएको विश्वास गर्न सकिन्छ’, उनले भनेका छन्।

यो घटना सन् २०१७ मा ६ जना मुस्लिमको हत्या गरिए यताकै सबभन्दा ठुलो घटना भएको अधिकारीहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button