रेडपाण्डाको छालासहित पक्राउ

कैलाली, २५ जेठ: कैलालीमा रेडपाण्डाको छालासहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गोदावरी नगरपालीका– ५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको छालासहित बझाङको वित्थड गाउँपालिका –५ देउलेखका अमर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

प्रहरीले धामीका साथबाट रेडपाण्डाको छाला एक थान बरामद गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको बताइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button