कोरोना संक्रमितले ८ लाख‌ तिर्न नसक्दा निको भएरनी घर फर्कन पाएनन्।

झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का नारायणचन्द्र राजवंशी यतिबेला आफ्नो उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य बनेका छन् ।

१२ दिनअघि कोरोना संक्रमण पुष्टि भएर अवस्था गम्भीर बनेपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना भएका राजवंशी अहिले उपचार वापतको ८ लाख जुटाउन नसक्दा अस्पतालबाट घर जान पाएका छैनन् ।

आइसियूमा राखेर उपचार गराएका उनको अबस्था सामान्य बन्दै गएको उनकी श्रीमती सुष्मा राजवंशीले बताईन् । उनले भनिन्, ‘कोरोनाको महामारीबाट उपचार गरेर आफ्ना पतिलाई त बचाएँ तर अस्पतालबाट घर लैजान सकेकी छैन ।’

सामान्य पेशा-व्यवसाय गर्ने राजवंशी परिवारले अस्पतालमा २ लाख रुपैयाँ डिपोजिट गरेका छन् । तर, अस्पतालको खर्च १० लाखभन्दा बढी उठिसकेको सुष्माले बताइन् । ‘सरसापट र झारझुर गरेर अस्पतालमा २ लाख बुझायौं’, उनले समस्या सुनाइन्, ‘बाँकी ८ लाख के गरी तिर्नु ? टेन्सन भएको छ ।’

उनले आफ्नो पतिलाई घर लैजान सबैसँग आर्थिक सहयोगको आह्वान गरेकी छन् । सहयोगी मनहरुलाई आफ्नो ९८०३४७३१६३ नं मा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button