सम्झना राउटे यो अवस्थामा भेटिए (फलोअप रिपोर्ट भिडियो सहित)

सुर्खेत, २६ गते , राउटे समुदायको आफनै भाषा, मुल्य मान्यता र रितिरिवाज -चालचलन को अमुल्य संस्कृतिमा रमाइरहेका समुदाय बाह्य समुदायको लागि नितान्त भिन्दै भएको कारण पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता लगायतका अन्य मानिसहरू को आवतजावत बाक्लो थियो।
राउटे समुदायको केटाकेटी र युवतीहरु पनि बाह्य समुदायको मानिसहरु संग हेलमेल हुन संकोच मान्दैनन्थे। यसरी नै उनिहरुको सुन्दर मुहार र भिन्नै पहिरन सामाजिक सञ्जालमा यत्रतत्र छरिएका छन्।
पछिल्लो समयमा राउटे युवतीहरु माथि भएको यौन*न दु#र्ब्यवहार पछि बबई नदी किनारमा बसिरहेका राउटे समुदाय एकाएक गुरुवाकोट नगरपालिका वडा नम्बर ११ आंपसोती,जनैघाट बाट गरालेपुल गुरुवाकोट वडा नम्बर ९ मा सरे। यता बसाई सार्नु को कारण भने पुरानो ठाउँमा अत्यन्तै गर्मी बढेको बताए।
पछिल्लो समयको घटना र राउटे समुदायको बस्ती सार्नु रहस्यमय छ। बिगतका समयमा प्राय कुनै घटना वा मौसमको कारण स्थानतरण गर्ने राउटे यसपटक अकस्मात नयाँ ठाउँमा सरेको करिब २ हप्तामै १ किलोमिटर वरिपरि मात्रै बसाई सार्नुले खतराको संकेतहरुको भएको आशंका उब्जिएको छ।
यसैक्रममा गाजलु राउटेको भाई दिदीको हेलमेल र बाह्य समुदायको अनावश्यक वातजावतले आफुलाई अत्यन्त रिस उठिरहेको बताए।
सम्झना राउटे भने यस्तो अवस्थामा थिइन्।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।