स्वास्थ्य मन्त्रिको सम्पति : काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन।

उनले सार्वजनिक गरेको विवरणमा उनी र उनकी श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा रहेको उल्लेख छ।
मन्त्री तामाङले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीका सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा रहेको उल्लेख छ ।
तामाङको नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका नाममा ११ ठाउँमा छ । उषाकला राईको नाममा गोकर्णेश्वर नगरपालिका ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ । यस्तै मन्त्री तामाङसँग २२ तोला सुन रहेको उल्लेख छ । उनका अनुसार सुन पुख्र्यौली र खरीद गरिएको दुवैथरि भएको सम्पति हो।
यसैगरी, मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको उल्लेख गरेका छन्। यसैगरी तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको सम्पति विवरणमा उल्लेख छ।