ज्ञानेन्द्र शाही आक्रमण प्रकरण: सुर्खेत प्रशासनलाई ठाडो चुनौती (हेर्नुहोस भिडियो सहित)

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रम भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति १०:३० बजे आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

अभियान कर्ताहरुले घटनाको दोषीलाई कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

हामिले हिजोको घटना संग सम्बन्धित कुराकानी गर्दा कोरोनाले देशका जनताहरु र अस्पताल आक्रान्त बनेको समयमा विभिन्न स्थानमा करोडौंको स्वास्थ्य सामग्रीहरु बितरणको लागि

पुर्व राजाले त सहायता गर्दैछैनन् भन्ने आम नागरिकको प्रश्ननमा कर्णाली 24 संग हाम्रो नेपाल हामी नेपाली को केन्द्रिय सदस्य शेरबहादुर खांड(रोसन) यसो भन्छन्।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button