गण्डकी प्रदेशका मुख्य मन्त्री ४ जनाले लिए सपथ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख सिता पौडेलले शनिबार बेलुकी पोखरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
सत्तारुढ नेपाली कांग्रेसबाट कुमार खड्का, सत्ता साझेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले मन्त्रीका रुपमा सपथ लिएका हुन्