चिनियाँ सरकारद्वारा नेमकिपालाई उपलब्ध गराएको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण।

जेठ २९, चितवन । चिनियाँ सरकारद्वारा नेपाल मजदुर किसान पार्टीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री अन्तर्गत एन ९५ सर्जिकल मास्क नेमकिपाका सचिब प्रेम सुवालको उपस्थितिमा भरतपुर अस्पताललाई हस्तान्तरण गरियो ।
मास्क हस्तान्तरण गर्नु हुँदै सुवालले भन्नुभयो-” चिनियाँ सरकारले पार्टीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री देशका विभिन्न सरकारी अस्पतालहरुमा पुर्याउने उद्देश्य छ । नेमकिलाई स्वास्थ्य सामाग्री आउनु भनेको जनताको लागि हो । दुर्गम र विकट क्षेत्रहरूमा त्यसै अनुसार सामाग्री पुर्याउने नेमकिपाको लक्ष्य हो ।”
चिनियाँ सरकारले “हातमा हात मिलाएर बढौं, सँगसँगै महामारीको विरुद्ध लढौं ।” भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको उहाँले बताउनु भयो । अस्पतालमा उपलब्ध गराइएको स्वास्थ्य सामाग्री सहि सदुपयोग हुनेमा विश्वास रहेको सचिब सुवालले व्यक्त गर्नु भयो ।
मास्क ग्रहण गर्नु हुँदै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारीले नेमकिपाको हातमा परेको स्वास्थ्य सामाग्री भरतपुर अस्पतालले पनि पाउँदा खुशी व्यक्त गर्नु भयो । नेमकिपालाई उपलब्ध सामाग्री देशका अस्पतालहरुमा वितरण गरेर उदाहरणीय काम गरेको उहाँले बताउनु भयो ।
भरतपुर अस्पताललाई झन्डै अठ्ठाइस सय असी थान एन ९५ मास्क हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, रत्ननगर बकुहलर अस्प्ताललाई पनि चिनियाँ सरकारद्वारा प्राप्त एन ९५ मास्क नेमकिपाका सचिब प्रेम सुवालद्वारा हस्तान्तरण गरियो ।
हस्तान्तरण गर्नुहुँदै काठमाडौं उपत्याकामा स्वास्थ्य सेवा सुबिधाहरुको पहुँच छ । थोरै मात्रामा आएको हाइड्रोजन अक्सिजन मिटरहरु पश्चिमका दुर्गम क्षेत्रहरूमा पनि पुर्याउन लागिएको सचिब सुवालले जानकारी गराउनु भयो ।
रत्ननगर बकुहलर अस्पताल बिकास समितिका अध्यक्ष गोपाल कर्माचार्यले गरिव निमुखा जनताको सेवा गर्न लागि परेका नेमकिपाले चिनियाँ सरकारबाट उपलबध भएको सामाग्री अति गरिव निमुखाको उपचार हुने यस अस्पताललाई पनि एन ९५ मास्क उपलब्ध गराउँदा खुशी ब्यक्त गर्नु भयो ।
बकुहलर अस्पताल नाम सरकारी भएतापनी जनताको एकएक पसिनाको थोपाबाट स्थापित भएको हो । अस्पताल प्रती सरकारको थोरै पनि ध्यान जान नसक्नुले आफू दुखी रहेको अध्यक्ष कर्माचार्यको गुनासो रहेको थियो ।
बकुहलर अस्पताललाई झन्डै नौ सय प्रति एन ९५ मास्क हस्तान्तरण गरिएको थियो ।