फिनल्याण्ड डेनमार्क माथि विजय।

युरोपेली च्याम्पियनसिपमा फिनल्याण्डले डेनमार्कमाथि जित निकालेको छ । गएराति भएको खेलमा फिनल्याण्डे डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत भएर लडेपछि झन्डै डेढ घण्टा रोकिएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएका थिए ।

तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो । दुवै टोलीसँग यूईएफएले छलफल गरेपछि खेल झन्डै डेढ घण्टापछि सुचारु भएको थियो ।

पहिलो हाफको ४३ औं मिनेटमा रोकिएको खेल सोहि स्थानबाट सुरु भएको थियो । खेलको ५९ औं मिनेटमा जोल पोहान्पालोले गोल गर्दै फिनल्याण्डलाई अग्रता दिलाए । उनले जेरे उरोनेनको क्रसमा गोल गरेका थिए ।

खेलको ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी प्राप्त गर्यो । पओलोस अराजुरीले पेनाल्टी क्षेत्रभित्र युसुफ पौल्सेनलाई लडाएपछि प्राप्त पेनाल्टीमा पिएर इमिल होएबिएर चुक्न पुगे ।

यस जितसँगै फिनल्यान्डले समूहमा ३ अंक जोडेको छ । अब फिनल्यान्डले समूहको अर्को खेलमा बुधबार रुसको सामना गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button