अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष‌ नभएको ठहर: सर्वोच्च

 

सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथाकर्मचारी नियुक्ति र उनीहरूको खटनपटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्ट गरेको हो ।इजलासले योग्यतान पुगेको व्यक्तिलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको, आयोगका पदाधिकारी र कर्मचारी उपर नै भ्रष्टाचारको मुद्दा लाग्ने गरेको तथा आयोगमा पदाधिकारी तथा कर्मचारी नियुक्ति प्रक्रियामा नै संशय पैदा हुने गरेका कारण आयोग निष्पक्ष नभएको उल्लेख गरेको छ ।

अख्तियार आफैले घुस रकम दिई सार्वजनिक निकायमा कार्यरत व्यक्तिलाई पक्राउ गर्ने कार्यविरुद्ध दायर भएको रिट निवेदनमाथि भएको अन्तिम आदेशको पूर्ण पाठ तयार गर्ने क्रममा शुक्रबार संवैधानिक इजलासले आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएको हो । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button