ब्राजिलले सानदार जित।

कोपा अमेरिका २०२१ मा साविक विजेता ब्राजिलले भेनेजुएलामाथि सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिललाई सहज जित दिलाउनको लागि मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १/१ गोल गरे ।

कोरोना संक्रमणका कारण भेनेजुएलाका ८ खेलाडीले कोपा गुमाउने भएपछि टोली केही कमजोर देखिएको थियो । खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए । पेनाल्टी क्षेत्रभित्र ड्यानीलिलाई लुइस मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएको थियो ।

खेलको अन्तिम समयमा ग्याब्रिएल बार्बोसाले नेयमारको पासमा गोल गर्दै ३-० को सहज जित दिलाए । यस जितसँगै ब्राजिलले समूह ए मा ३ अंक जोडेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button