सुतेकै ठाउँमा ८० वर्षे वृद्धको हत्या

उनको टाउको र शरिरमा गम्भीर चोट देखिएको छ। उक्त घरमा टेकबहादुर र उनकी ८४ वर्षीया श्रीमती कालिमाया मात्रै बस्ने गर्थे। टेकबहादुर सेवानिबृत्त भारतीय सेना हुन्।
आइतबार बिहान बाबु आमालाई भेट्न भनेर आउँदा बाबुको हत्या भएको थाहा पाएको कान्छि बुहारी रिता इङ्वाले जानकारी दिइन्।
टेकबहादुरका दुई छोरा र तीनछोरी छन्। छोरा बुहारी फिदिम-२ मा बस्दै आएका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।