नुवाकोटमा जि.एफ.एन. द्वारा ठुलो परिमाणमा स्वास्थ्य सामग्री वितरण।

बिश्व महामारी कोरोना भाइरस (कोभिड-१९) को दोस्रो भेरिएन्टको कारण सहरी क्षेत्र होस् वा ग्रामीण गाउँबस्ती देश र जनता दिनहुँ यो भाइरसको संक्रमणबाट अक्रान्त भइरहेको अवस्थामा स्वास्थ्य सुरक्षा सम्बन्धि सामग्रीहरु र बिपत्ति संग सामना गर्ने सेवा सुबिधाको अभावमा आफैंलाई जोखिममा राखी नागरिकको स्वास्थ्य उपचारमा स्वास्थ्य चौकीहरमा कार्यरत स्वास्थ्य कर्मचारीहरुको लागि अतिआवश्यक सामाग्रीहरु वितरण गरेका छन्।

पिपिइ सेट, फेस मास्क, इन्फ्रारेट थर्मोमिटर, पल्स अक्सिमिटर, सेनिटाइजर, र यो महामारीले निम्त्याउन सकिने आवश्यक हस्पिटल बेड, अपतकालिन अक्सिजनहरु, कोभिट लक्षण देखा परेका बिरामीहरुको तत्कालीन परिक्षण र उपचारको लागि एन्टिजिन किट, भिटिएम र केहि स्थानहरुको हात धुने साबुन लगायतका अति आवश्यक सामग्रीहरु  नेपालका जि.एफ.एन. र द साल्भेसन मिसन नेपालको सहकार्यतामा जि.एफ.एन. संस्था कार्यरत क्षेत्रहरु नुवाकोटको किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, विदूर नगरपालिकाको ७,८,९,१२, र १३ सबै वडाहरु स्थित सम्पूर्ण स्वास्थ्य चौकीहरुको लागि स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा हस्तान्तरण गरिएको हो ।

सहयोगी दाता भन्छन् “आशा छ जुनजुन बस्तुको प्रकार र इकाईहरु हामीले वडा अनुसारको बस्तु बिवरण सहित स्थानीय निकाय र जनप्रतिनिधिहरुलाई बुझाइएको छु त्यहि अनुरुप उहाँहरुले पनि सम्बन्धित वडा प्रतिनिधिहरु मार्फत सम्बन्धित स्वास्थ्य चौकीहरु सम्म पुरयाउनु हुनेछ भन्ने कुरामा हामी विश्वास्त छौ”।

उनि भन्छन “सहायता कार्यलाई सहज बनाईदिनुहुने सम्पूर्ण स्थानीय जनप्रतिनिधिहरु प्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । यसै क्रममा हामीलाई सहायता गर्नुहुने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा प्रमुख ज्युहरु, स्वास्थ्य बिभाग प्रमुख ज्युहरु लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण गाउँपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरु, स्थानीय समाजसेवी, बुद्धिजिवि, क्लब तथा विभिन्न समाजका प्रतिनिधि ज्युहरु र निरन्तर हाम्रो टिममा रहि यस कार्यामा सहयोग गर्नुहुने  अभिन्न मित्रहरू श्री महेन्द्र मान तामाङ, श्री राजन बम, श्री खोप बहादुर (अरुण) तामाङ, मेरो प्यारी बहिनी श्रीमती पैकु माया तामाङ, श्री जगदीश रिमाल, श्री भिम तामाङ, युवा तथा बिद्यार्थी नेता दशरथ भाइ, श्री राम सुर्खेती जि, श्री इन्द्रबहादुर थारु, श्रीमान श्रीमती सुमन श्रेष्ठ, श्री फुल बहादुर तामाङ लगायत सम्पुर्ण सहयोगि मित्रहरू प्रति हार्दिक कृतज्ञता”।

मुख्यत; द साल्भेसन मिसन नेपालका कोष अध्यक्ष तथा साइनोमा मेरो भान्जी जोइ (देवर) श्री निशान ल्हो, भान्जी जोइ र उहाँको कार्यालयका सम्पुर्ण पदाधिकारी ज्युहरु प्रति हार्दिक नमन र मेरो अनुरोधलाई स्वीकार गरि हामी र हाम्रो संस्थासंग यस परोपकारि कार्यको लागि ठुलो संख्यामा आवस्यक सामग्रीहरुको सहयोग गरि सहकार्यता दिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहान्छु ।
अन्तमा; सम्पूर्णलाई सुस्वास्थ्यको कामना गर्दै सबैको दिनहरु सधैंका लागि शुभ रहिरहोस् !

डा. भिम लाल तामाङ
नेपालका असल मित्रहरू (G.F.N.)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button