नाली राम्रोसँग सफा नगरेको भन्दै सांसदले ठेकेदारको टाउकोमा फोहर खन्याइदिए (भिडियो सहित)

काठमाडौं। बाटोछेउमा फोहर पानी बग्ने नाली ठिकसँग सफा नगरेको भन्दै एक सांसदले ठेकेदारको टाउकोमा फोहर खन्याइदिएको भिडियो अहिले चर्चामा छ ।
भारतको महाराष्ट्रका शिवसेना पार्टीका सांसद दिलिप लांडेले एक जना ठेकेदारलाई दिएको यो सजाउ उनीमाथि नै भारी परेको छ।
मुम्बइमा वर्षा हुनुभन्दा पहिले कुर्लामा नाली ठिकसँग सफा गरिएको थिएन । यही रिसमा सांसदले ठेकेदारलाई बोलाए, नालीछेउमा बसाए र टाउकोमा फोहर खन्याइदिए ।
I had been calling up the contractor for last 15 days, requesting him to clear the road. He never did that. Shiv Sena people were themselves working on it. When he came to know, he rushed there. I told him that it’s his responsibility & he should do it: Shiv Sena MLA, Dilip Lande pic.twitter.com/LjXIcWPPyy
— ANI (@ANI) June 13, 2021
विधायक दिलिप लांडेका अनुसार उनले १५ दिनदेखि ठेकेदारलाई नाली सफा गर्न भनेका थिए तर ठेकेदारले कुरा नसुनेपछि आफूले सजाय दिएका हुन् ।
नाली ठिकसँग सफा नभएपछि नालीमा पानी भरिएर सडकभरी पानी भएको थियो र यात्रुलाई निकै समस्या भएको थियो । तर, सांसदले यसरी ठेकेदारलाई सजाय दिएपछि भने अहिले उनकै आलोचना भइरहेको छ । उनले ठेकेदारको टाउकोमा फोहर खन्याएको भिडियो सामाजिक संजालमा भाइरल छ ।