काठमाडौंको जरङ्खुबाट नक्कली डिएसपी पक्राउ, बढुवाको फोटो र कागजात देख्दा प्रहरी नै चकित !

काठमाडाैं, जेठ ३१ । काठमाडौंबाट नक्कली डिएसपी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले सोमबार नक्कली डिएसपी पक्राउ गरेको हो ।

तार्केश्वर नगरपालिका वडा नम्बर ६ जरङ्खुस्थित भिक्टोरिया फार्मेसी सञ्चालन गर्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगानालाई पक्राउ गरिएको हो। उनले आफूलाई डाक्टर एसके ढुंगाना भनेर पनि चिनाउने गरेका छन्।

उनले आफू मेडिकल डाइरेक्टर डा‍. एसके ढुंगाना हुँ भन्दै मेडिकल फर्म चलाएको पाइएको प्रहरीले जनाएको छ। त्यस्तै, उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी भनेर चिनाउँदै आएका थिए।

‘उसले आफ्नो फेसबुकमा पनि डिएसपीको लुगा लगाएको फोटो राखेको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘फेरि आफैँले आफ्नो बढुवा भएको भनेर फोटो पनि राखेको पायौं।’

प्रहरीले उनकाे साथबाट नेपाल प्रहरीका विभिन्न पदका पोशाक लगाएका तस्वीर तीन वटा, डिएसपीको पोशाक एउटा, एक जोर नेपाल प्रहरीको जर्सी र मोबाइल बरामद गरेको छ।

‘उसले आफू डाक्टर पनि हो भनेको छ। तर डाक्टर वा डिएसपी बनेर कतिपयलाई ठगी समेत गरेको हुनसक्ने देखियो,’ ,’त्यसबारेमा थप अनुसन्धान गर्दैछौं।’ अपराध महाशाखा स्रोतले भन्यो ।

उनीबाट कोही ठगीएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button