बांकेमा लकडाउन अवधि थपियो।

बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताका लागि निषेधाज्ञाको अवधि बढाएको हो ।
बिभिन्न चरणमा जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज मध्यराती समाप्त हुँदै थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा निषेधाज्ञा अबधि थप गर्दै आएको छ ।
निषेधाज्ञा अवधि लम्बाएर आउँदो असार ७ गते राती १२ बजेसम्मका लागि थप गरीएको छ । लकडाउनको अवधिभर दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइने प्रशासनले जनाएको छ ।