सरकारले निजामती कर्मचारीहरूलाई दिनको रु १०० खाजा खर्च दिने।

प्रदेश नम्बर १ सरकारले निजामती कर्मचारीहरूलाई खाजा खर्च दिने भएको छ ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

कर्मचारीहरुको प्रोत्साहनका लागि साउन १ गतेबाट हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशका कर्मचारीहरुको उत्प्रेरण, मनोबल बृद्धि गर्न प्रोत्साहन स्वरुप २०७८ साउन एक गतेदेखि लागू हुने गरी प्रत्येक कर्मचारीलाई कार्यालयमा उपस्थित भएको दिन रु एक सयको दरले खाजा खर्च प्रर्दान गर्ने व्यवस्था मिलाएको छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button