७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने नुवाकोट का ६० वर्षीय पुरुष पक्राउ

नुवाकोट, २ असार । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ६० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिवपुरी गाउँपालिका–१ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिँह बहादुर तामाङ मंगलबार बिहान पक्राउ परेका हुन्।

तामाङले ती बालिकालाई ललाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको खबर प्राप्‍त हुनासाथ प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button