माओवादी केन्द्रको कारबाहीमा परेका नेताहरुद्वारा दल दर्ता खारेजीको माग

पार्टीबाट कारबाहीमा परेका नेताहरु नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद र नेताहरु पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दिन लागेका हुन्।

नेकपा विघटनपछि एमालेमा लागेका पूर्वमाओवादी नेताहरु कारबाहीमा परेका थिए। पूर्वसांसद रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीसहितको टोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध उजुरी दिन निर्वाचन आयोग जान लागेको हो। उनीहरुले केहीदिन भित्रै सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर्न लागिएको बताएका छन्।

उनीहरुले ५ वर्षमा महाधिवेशन हुनुपर्नेमा हालसम्म नभएकाले माओवादी केन्द्रको वैधानिक सकिएको बताएका छन्। माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा  हेटौँडामा गरिएको थियो। त्यसपछि माओवादीले महाधिवेशन गर्न सकेको छैन। माओवादी नेतृत्वमा लामो समयदेखि प्रचण्ड अध्यक्ष रहँदै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button