प्रहरीमाथि स्थानीयले गरे ढुङ्गामुढा १० प्रहरी घाइते

धनगढी उपमहानगरपालिका ३ को हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न लागेका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गरेका छन् ।

आज मंगलबार स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० जना घाइते भएको बताइएको छ । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अश्रुग्यास प्रहारपछि भीड नियन्त्रणमा आएको जनाइएको छ । लगातारको वर्षाका कारण विद्युत कार्यालय डुबान परेर विद्युत प्रवाह नै अवरुद्ध भएको छ ।

वडा नम्बर २ का स्थानीयले कल्भर्टमा ग्राभेल भरेर पानी रोकिदिएपछि बाध्य भएर बल प्रयोग गर्नु परेको प्रहरीले जनाएकोछ ।

यसअघि सोमबार पनि प्रहरीले कल्भर्टमा हालिएको ग्राभेल जेसीबीको प्रयोग गरेर निकालेपछि जम्मा भएको पानी निकास भएको थियो ।

स्थानीयले मंगलबार फेरि कल्भर्ट बन्द गरिदिएपछि विद्युत कार्यालय, हाटबजार लगायतको क्षेत्र डुबानमा परेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button