पाकिस्तानमा ईश्वर निन्दा गरेको आराेपमा श्रीलंकाकाे नागरिकलाई पिटेर घाइते बनाई जिंउदै जलाएर हत्या

प्रधानमन्त्री इमरान खान भन्छन्- यो पाकिस्तानका लागि लज्जाको दिन हो।
उक्त फ्याक्ट्रीमा बिहीबार रातिदेखि नै कुमाराले ईश्वरको निन्दा गरेको अफवाह फैलिएको थियो। सात वर्षदेखि उक्त फ्याक्टीमा काम गर्दै आएका कुमाराले तेहरिक लाब्बिक पाकिस्तान (टिएलपी) नामक संगठनको पोस्टर च्यातेको उनीहरूको भनाइ थियो। जुन पोस्टरमा कुरानको केही कुरा उल्लेख थियो। कुमाराविरूद्ध सुरूमा फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्रीबाहिर प्रदर्शन गरेका थिए भने पछि आक्रोशित भीड भित्र पसेर उनीमाथि आक्रमण गरेको थियो।
पञ्जाव प्रहरीका अधिकारीहरूले प्रहरी घटनास्थलमा पुगुन्जेल भीडले कुमाराको हत्या गरिसकेको र उनको शवमा आगो लगाएको बताएको छ। सियालकोट अस्पतालले शरिर लगभग सबै जलिसकेको अवस्थामा एउटा शव अस्पताल ल्याइएको बताएको छ।
प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले श्रीलंकन नागरिकलाई जिउँदै जलाइनु पाकिस्तानका लागि लज्जाको विषय भएको बताएका छन्।