युएईबाट यसरी जानूहोस् युरोप, प्रक्रिया र लागत बारे बुझ्न याे न्युज पढ्नुहाेस

काठमाडौं : युरोप कस्को सपना नहोला र ? युरोप अधिकाश नेपालीको सपनामै रहेको छ । यदि तपाईहामिलाई सजिलै युरोप जान सक्ने अवसर मिले के गर्छौ होला ?

तपाईं हामी सबैको एउटै उत्तर हुन्छ होला , युरोप जान्छौं । तर धेरैलाई थाहा नहोला, युरोप जान युएई अझ बिशेषगरि दुबईबाट धेरै सहज छ ।

दुबई हालका दिनमा मिनि युरोपको नामले परिचित छ । युएई जानू वा दुबई जानू नै धेरैको सपनाको कुरा बनेको अवस्थामा युरोप जानलाई दुबईको भुमी प्रयोग गर्दा युरोप जान सहज हुने भए पछि धेरैले दुबईमा वर्किङ भिसा लिएर काम गर्दै त्यही बाट युरोप छिरी सकेका धेरै उदाहरण छन् ।

युरोप र युएईको सम्बन्ध समेत राम्रो छ । युएईको हैसियत समेत उच्च रहेको कारण युएईमा काम गरिसकेको अवस्थामा रहेको कामदार युरोपले बिश्वास गर्ने भएको कारण समेत युएईबाट युरोप जान सहज भनिदै आएको छ ।

दुबईमा कामको प्रकृति तथा तालिमहरु युरोप स्ट्यान्डर्डमा गराइमे भएकाले समेत पनि दुबईमा काम गरेको अनुभव र भ्यालिड भिसा भएको अवस्थामा दुबईका एजेन्सीबाट प्रोसेस गर्दा सहजै रुपले युरोपको लागि भिसा प्राप्त हुने जानकारहरु बताउछन् ।

दुबईमा रहेका विभिन्न रिक्रुमेन्ट एजेन्सीहरुले आधिकारिक रुपमा कार्यालय नै खोलेर युरोप रोजगारको लागि लैजाने गरेका छन् ।

लागतको हिसाबले समेत सस्तो रहेकोले दुबईमा रहेका नेपालीहरु युरोप छिरी रहेका छन् । करिब २५ हजार देखि ३० हजार दिहराम सम्म लागत लाग्ने गरेको एजेन्सिहरु बताउछन् ।

कतिपय अवस्थामा भने एजेन्सीको नाम तथा फर्जी एजेन्सिले कतिपय नेपालीहरुको समेत पैसा खाएको समाचार बाहिरिएको छ । त्यसैले हामी सल्लाह दिन्छौ दुबई सरकारको आधिकारिक कानुन र नियम अनुसार खुलेका एजेन्सीहरु मार्फतबाट नै कुनै पनि प्रोसेस गर्नु होला ।

र सम्पुर्ण जानकारी लिएर, आफू आस्वास्त भएर मात्रै कुनै पनि निर्णय लिन र आग्रीम पैसा नबुझाउन सल्लाह दिन्छौ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button