बुटवलको आकाशे पुलमा बम बिस्फोट

बुटवल । बुटवलमा बम बिस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार साँझ मिलनचोकको आकाशे पुल नजिकै बम बिस्फोट भएको हो ।

बम पड्किएको स्थानबाट नेकपा (माओवादी केन्द्र)को पर्चाहरुसमेत भेटिएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ पड्किएको स्थान वरपर बमका छर्राहरु समेत फेला परेको बताइएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button