कोहलपुर नगरपालिकाले नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
सपथ ग्रहण कार्यक्रमलाई कोहलपुर नगरपालिकाका नव निर्वाचित प्रमुख पुर्ण प्रसाद आचार्यले उप प्रमुख संगिता सुवेदी र १५ वटै वडाका वडाध्यक्ष ,सदस्यहरुलाई सपथ ग्रहण
गराएका हुन ।
कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु , निवर्तमान जनप्रतिनिधिहरु, राजनीतिक दलहरू , व्यवसायिक , नगरपालिकामा कार्यरत कर्मचारी , निर्वाचन आयोगका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

सपथ ग्रहण कार्यक्रम लगतै नवनिर्वाचित मेयर आचार्यले पदभार ग्रहण गर्दैगर्दा रोजगार बैंक/श्रम बैंकको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेपछि उक्त बैंक स्थापनाका लागि पहल सुरु भएको हो ।
रोजगार बैंक/श्रम बैंकको स्थापनापछि यहाँका बेरोजगारहरुलाई रोजगारीका लागि सहज हुने अपेक्षा गरिएको छ । अहिले धेरै व्यक्ति रोजगारविहीन भएका छन् । पदभार लगत्तै नगर प्रमुख आचार्यले सातवटा निर्णयमा हस्ताक्षर गरेका हुन् ।
नगरपालिकामा टोल फ्रि नम्बर सञ्चालन, सिधा कुरा मेयरसँग कार्यक्रम, रोजगार बैंक-श्रम बैंकको स्थापना, छात्रवृत्तिको लागि क्याम्पससँग सहकार्य, पूर्वाधार विकासका साथै आर्थिक विकासमा समेत टेवा पुर्याउने गरी आर्थिक अवस्था विश्लेषण गरी ६ महिनाभित्र प्रतिवेदन तयार गर्नेलगायतका निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।






