बाँके,काेहलपुर। ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका थुनुवा मृत फेला परेको हाे।
बुधबार बिहान ती पुरुष हिरासत कक्षमा मृत भेटिएको कोहलपुर प्रहरीले जनाएको छ । कोहलपुर प्रहरीले हिरासत कक्षमै झुण्डिएको अवस्थामा पुरुषलाई फेला पारेको बताएको छ ।
बिहान करिब ५ बजेतिर थुनुवा कक्षको शौचालय भित्र भेन्टिलेसनको फलाममा टिसर्टको डोरी बनाई झुण्डेको अवस्थामा शव फेला परेको उक्त मृत व्यक्ति बाँकेको कोहलपुर नगरपालिका १२ का निवासी ४७ बर्षिय कृष्ण लाल कुवंर रहेको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ । उनी जबर्जस्ति करणी उद्योगको मुद्दामा बैशाख १९ गते पक्राउ परि हिरासत कक्षमा रहेको ई.प्र.का कोहलपुरको प्रहरी नायव उपरीक्षक ऐन बहादुर मल्लले वताए।
उनको शव पोष्टमाडाम रिपोर्टको लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ। उक्त घटनाको सत्यतथ्य छानबिनको लागि मानवअधिकार सहितको समिति गठनगरि अनुसन्धान हुने प्रहरी नायव उपरीक्षक मल्लले जानकारी गराए।





