काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन ।

पोखरा विमानस्थल स्रोतका अनुसार कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडेको ९ एन एईटी विमान जहाज सम्पर्कविहीन भएको हो ।

उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरे रहेको बताइएको छ । सो विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेको जनाएको छ । विमानको सम्पर्कका लागि सम्पूर्ण संयन्त्र परिचालन भइसकेको बताइएको छ । थप विवरण भने आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here