काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप परिवर्तनको लागि मुलुकको अभिभावकीय संस्थाका रूपमा राजा राख्न प्रस्ताव गरेको छ।

धलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था गर्न माग गरेको हुन्।

‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीयस्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण समानुपातिक संसद्, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने, तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी निर्वाचनमा यो विषयलाई राप्रपाले जोडदार रूपमा उठाउनेछ’ बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन्।

अध्यक्ष लिङ्देनको प्रस्तावलाई आगामी केन्द्रिय कार्य समितिको बैठकबाट अनुमोदन गरी औपचारिक रूपमा अघि बढाइने बताएका छन्।

उनले स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरेको दाबी गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उपयुक्त र लोकप्रिय उम्मेदवारहरू समयमै छनौट गर्नु समेत आह्वान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here