बाँकेको कोहलपुर नगरपालिका– १५ अक्कलघरुवामा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको बुधबार राति मृत्यु भएको छ ।

सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा गएराति साढे ११ बजे भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका– ५ का ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुमन ओम पन्चपुरी प्लास्टिक उद्योगमा काम गर्थे । उनको दुईवटा छाेराहरु छन्। जस मध्ये साढे एक बर्षकाे समराज शर्मा र चार बर्षकाे समराट शर्मा। आफ्नो पतिको मृत्युको खबरले भाव विह्वल हुँदै दुधे बालक सहित काखी च्यापेर ईलाका प्रहरी कार्यलयमा उचित न्याय माग्न आएका छन्।

भिडियो हेर्नुस् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here