काठमाडौं । ‘म दिनदिनै पत्रिका पढ्छु तर पहिलो पेजमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको मात्रै समाचार छापिन्छ किन रु’ शुक्रबार राजधानीमा आयोजित ‘आमसञ्चारमा बालबालिकाको सहभागितात्मक छलफल विषयक कार्यक्रममा बालक्लबकी लुनिभा श्रेष्ठले प्रश्न गरिन् ।
कार्यक्रममा सहभागी पत्रकारले मिडिया हाउसको आ आफ्नो नीतिअनुरूप समाचार लेख्नुपर्ने भन्दै बालबालिका’दयगत पनि धेरै समाचार लेखेको प्रस्ट पारे । कार्यक्रममा सहभागी एक पत्रकारले सुझाव दिँदै भनें ‘मोबाइल हातमा पर्नेबित्तिकै गेम हेर्ने र टिभीको रिमोट हात पर्ने बित्तिकै सिरियल हेर्न छाडेर समाचार हेर बालबालिकाको समाचार पनि देख्ने छ्यौं ।’
सहभागी सुधा पौडेलले जवाफ फर्काइन् ‘मैले मोबाइल त भर्खर पाएँ । टिभी मेरो घरमै छैन । म पत्रिका पढ्छु तर, हाम्रो’दयगतमा समाचार देख्दिनँ ।’ बालबालिका र सञ्चारकर्मीबीच एकछिन जुहारी नै चल्यो । तर, बालबालिकाले आफ्नै ’दयगतमा त्यति धेरै चासो राखेकोमा सहभागी सञ्चारकर्मीले उनीहरूको क्षमताको प्रशंसा गरे । यो खबर आजको राजधानी दैनिकमा छ ।





