काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा आएका रवी लामिछानेले नयाँ दल खोलेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्।
लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए । उनले भने, ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु, भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।’ पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् ।
लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन्। प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ।’
यस्तै उनलेआफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमाआवद्ध हुनपनि आह्वान गरेका छन्। साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए।
भिडियो हेर्नुस्





