बर्दिया, भारतको गुजरात अहमदावादबाट नेपालका लागि हिँडेका एक नेपाली वीच बाटोबाटै सम्पर्क विहिन भएका छन् ।

बर्दिया मधुवन नगरपालिका-४, ढोढरी घर भई हाल गुजरातको अहमदावाद शहरमा काम गरिरहेका देविराम बडुवाल अचानक आग्रा शहरबाट सम्पर्क विहिन भएका हाे। उनकी श्रीमती देविसरा बडुवालले कर्णाली २४ लाई दिएको जानकारी अनुसार देविराम बडुवालले असार १४ गते विहान करिब ६ बजेतिर इमोको माध्यमबाट घरमा सम्पर्क गरि नेपाल आउन लागेको र अहिले बसमा बसिसकेको जानकारी गराए । उनी भारतमा गत मंसिर देखि सेक्युरिटी गार्डको काम गर्दै आएका थिए।

श्रीमतीसँगको उक्त भिडियो च्याटमा देविरामले आफ्नो कोखा नराम्रोसँग दुःखि रहेको र आफू धेरै नबाच्ने जस्तो लागेकाले घर आइरहेको जानकारी गराए । देविसराका अनुसार भिडियो च्याटमा देविराम अस्वस्थ र हताश देखिन्थे । त्यसपछि सोहि दिन दिउसो साढे तीन बजे देविसराले सिधै फोन गरेकी थिइन् । त्यो बेला श्रीमानले भनेको कुराले देविसरालाई छाङ्गाबाट खसालेझै बनायो ।

देविसरा भन्छिन् ‘मेराे श्रीमान्  निकै आत्तिएर बोलिरहेका थिए’ । उनले आफू भारतको आगरा सहरमा आइपुगेको र यहाँ केही बद्मास लुटेराहरुले आफूलाई कव्जामा लिएको जानकारी गराए । त्यहाँ उनीहरुले आफ्नो सबै व्याग, सुटकेस र भएको सबै पैसा लुटिसकेको जानकारी गराए । आफ्नो मोबाइल पनि अब स्वीचअफ हुनै लागेको र आफू अझै पनि उनीहरुकै नियन्त्रणमा रहेका जानकारी दिए ।

यसको केही समयमै देविरामसँग सम्पर्क गर्न खोज्दा उनको फोन स्वीचअफ भइसकेको थियो । त्यसपछि उनीसँग लगातार सम्पर्क गर्ने कोशिष् गर्दा समेत उनी अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । उनको अवस्था अज्ञात रहेको छ ।

नेपालमा रहेको उनको परिवारले यो घटना बारे इलाका प्रहरी कार्यलय ढाेढरी बेलुवामा निवेदन दिइसकेको र प्रहरीले खोजि कार्यमा सघाउन भरसक प्रयत्न गर्ने आश्वासन दिएको खबर कर्णाली २४ ले प्राप्त गरेको छ । देविसरा र आफ्ना केही आफन्तहरुलाई साथमा लिई श्रीमान् खोज्न भारतको आग्रा शहर जाने तयारी गरिरहेकी छन् ।

भिडियो हेर्नुस् 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here