बाँके/ काेहलपुर नगरपालिकाकाे मेयरले आफुमाथि लगाइएका ‘क्रसरकाे डन’ आराेपकाे खण्डन गरेकाे छ।
काेहलपुर नगरपालिकाकाे मेयर पुर्ण प्रसाद आचार्यले आईतवार अतिथि हाेटलमा सम्पन्न भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयाेजीत कार्यक्रममा बाेल्दै केही दिन अगाडि आफुलाई क्रसरकाे डन भनेर आराेप लगाएकाे बताए।
मेयर आचार्यले भने ‘मेरा सात पुस्ता क्रसर व्यवसाय संग जाेडिएकाे छनै’ आचार्यले उक्त कार्यक्रममा करिब १७ मिनेट बाेल्दा करिब ८ मिनेट आफुमाथि लागेका आराेपकाे खण्ड र व्याख्या गर्दै आफु आराेपकाे वादविवाद गरेर समय खर्चिनु भन्दा काम गरेर देखाउने दाबीसमेत गरे।
साथै उनले काेहलपुर नगरपालिका भित्र सबै भन्दा बढी काेटेसनकाे काम गरेपछि भ्रष्टाचार हुने दाबी गरे भने अघिल्लो समय ढल व्यवस्थापनमा पाँच बर्षमा पनि ह्याम पाईपकाे लागि ५० लाख बजेट नछुट्याएकाे र यसकाे लागि आफुले पहिलाे बर्षमै पचास लाखकाे बजेट छुट्याएको जानकारी गराए।
उनले यहि बिषयलाई लिएर मेराे ह्याम पाईपकाे उध्याेग भएकाेले बजेट पारेको भन्ने आराेप तथ्यहिन रहेकाे उनको भनाइ छ।
भिडियो पनि हेर्नुस्





