बाँके , ‘याेजनाकाे राताे किताबमा नालि बनाउने निर्णय तर फिल्डमा कर्मचारीकै घर अगाडि ढलान, के कर्मचारीकाे दबाबमा याेजान परिवर्तन गर्नु मिल्छ?’ एक सहभागीले आफ्नो ठाडो प्रश्न राखे, त्यसै गरि उक्त कार्यक्रममा अर्को सहभागीले आफ्नो प्रश्न राख्दै भने ‘नगरपालिकाले कराेड खर्च गरेर बनाएकाे बाटाे पिच गरेको दाेस्राे-तेस्रो दिन सम्म सवारी साधन चल्न दिन्न चाैथाे दिन सवारी साधन चले पछि भत्कन्छ, त्यस्ताे सडकको विल भर्पाइ तपाईहरुले फिल्डमा हेरेर गर्नुहुन्छ कि नहेरेर?’
बिहीबार कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता विषयमा सार्वजनिक सुनुवाई गरिएको थियो । सो सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै बक्ताहरुद्वार सहभागीहरुकले उठान गरेका शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सीप बिकास तथा ढल निकास लगाएतका विभिन्न क्षेत्र सम्बन्धि प्रश्नहरुकाे जवाफ दिएकाे हाे।
नगरपालिकाकाे नगर सभाहलमा भएको साे कार्यक्रम बास नेपालकाे सहजीकरणमा काेहलपुर नगरपालिकाले उक्त कार्यक्रम सम्पन्न गरेको हाे। कार्यक्रममा नगर प्रमुख पुर्ण प्रसाद आचार्य , उपप्रमुख संगिता सुवेदी , प्रमुख प्रशासकीय टिकाराम ढकाल लगाएत पन्ध्र वटै वडाका वडा अध्यक्षहरुकाे उपस्थिति रहेकाे थियो।
काेहलपुर नगरपालिकाकाे आधिकारिक फेसबुक पेज बाट कार्यक्रमकाे प्रत्येक्ष प्रसारण गरिएको थियो। यसरी नगरपालिकाले पहिलोपटक कार्यक्रमकाे प्रत्येक्ष प्रसारण गरेकाे हाे। तलको लिङ्कमा माथिकाे दुई वटै प्रश्नको उत्तर सहित कार्यक्रमकाे पूरा भिडियो दिएको छ भिडियो अन्त सम्म हेर्नुहाेला।





