बाँके, आफ्नै दाजुकाे डिजाइनमा सुपारी दिएर भाई बुहारीकाे हत्या।

मंगलबार काेहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुरमा आाफ्नै सहाेदर दाई बिजय कुमार गडरिया र भाउजू रेखा गडरियाले २५ बर्षे आफ्नै भाई कृष्ण कुमार गडरिया र २३ बर्षिय बुहारी अन्जली गडरियाकाे हत्या गरेको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे।

बुहारी अन्जली आफ्नै घरकाे ग्यालरीमा मृत अवस्थामा फेला परेकी थिईन्। पाेष्टमार्टमकाे रिपोर्ट अनुसार बुहारीकाे स्वास निसासिकाे तथा घाँटी कसिएर मृत्यु भएको र कृष्ण कुमारकाे धेरै रगत बग्नुकाे साथै निसासिएकाे खुल्न आएको छ। घटना स्थलमा एक थान गाेलि समेत बरामद गरेकाे एसपी अधिकारीले बताए।

विगत केही महिना अगाडि मृतक कृष्ण र निजकाे बुवा धिरन गडरियालाई मृतक बुहारी अन्जली गडरियाले उक्साएर घरायसी बिषयलाई लिएर कुटपिट गराएको र बुवाले भाइ बुहारीलाई धेरै माया गरेकाे कारण साेहि बिषयलाई लिएर दाइ विजय कुमारले ईबी लिई विगत १८ दिनदेखि याेजना बनाएका थिए। याेजनाकै क्ररमा दुई भारतीयलाई जनही पचास-पचास हजारकाे सुपारी दिई ल्याएको र केही व्यक्ति नेपालगन्ज देखि ल्याई साेमबार राति बुहारी अन्जलीलाई हत्या गर्ने क्रममा भाइ कृष्ण आएपछि दुवै जनाकाे हत्या गरेकाे मृतकका दाईले स्विकारेकाे अधिकारीले जनाए ।

उक्त घटनलाई अधिकारी र ईप्रका काेहलपुरका प्रमुख ऐन बहादुर मल्लकाे प्रहरी टाेलिले सुक्ष्म अनुसन्धान गर्दा मृतकको दाइ शंकास्पद अवस्थामा फेलापारी नियन्त्रणमा लिई अनुसन्धान गरेका थिए। साे घटनाकाे मुख्य याेजनाकार पक्राउ गरेकोकाे र अन्यकाे संलग्नताकाे बारेमा विस्तृत अनुसन्धान जारीरहेको अधिकारीले बताए।

भिडियो हेर्नुस् 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here