भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो आएपछि सडक पुनः अवरूद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ को केराघारी भन्ने स्थानमा पुनः पहिरो झरेपछि सवारी आवागमन दुवैतर्फ बन्द भएको छ।

बिहीबार दिउँसो करिब साढे १२ बजेको समयमा पहिरो झरेपछि अवरूद्ध बनेको बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

यही स्थानमा केही दिनयता पहिरो झर्ने क्रम रोकिएको छैन। पटकपटक पहिरो झरिरहँदा आइतबार रातिदेखि बाटो खुल्ने र बन्द हुने क्रम चलिरहेको छ। पहिरोकै कारण यो सडकको माध्यमबाट यात्रा गर्ने यात्रुले दुःख पाएका छन्। चितवन पाेष्ट

भिडियो स्रोत: प्रकाश दुधराज

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here