सरला सुवेदी,
कोहलपुर । अरुका लागि सधै तीज आएको गएको भान हुन्थ्यो तर हामी जस्ता अपाङ्ग अनि बिपन्नको लागि के तीज अनि के रमाईलो भन्दै कोहलपुर नगरपालिकाको सभा हलमा दर खान आएकी कलि दमाईले दुख सङ्गै खुसी व्यक्त गरेकी छिन । २०६१ सालमा हेपाटाइटिस बि भएपछी प्यारालाइसिसको बिरामी परि थलिएर शारिरिक रुपमा अशक्त रहेकी उनी यसपालि कोहलपुर नगरपालिकाले आफू जस्तै अपाङ्ग अनि बिपन्न महिलाहरुलाई पनि तिज कार्यक्रममा बोलाएर सम्मान्न सहित उपहार दिएकोमा खुसी व्यक्त गरिन्।
करिव १९ बर्षदेखी प्यारालाइसेसको पीडा खेपेकी उनले न मर्न सकिन्छ न त केही गर्न सकिन्छ भन्दै आँखा बाट बरर आँसु खसालिन्। महिनामा ५ हजार बराबरको औषधि नै खानु पर्ने हुदा औषधि खर्च जुटाउन धौ धौ पर्ने हुँदा आजजल चडपर्व नआएपनी हुन्थ्यो जस्तो लाग्छ भन्दै दुखेसो पोखेकी थिइन । उनी भन्छिन हामी जस्ता दिर्घरोगी बिपन्न परिवारलाई स्थानीय सरकारले सहयोग गरे औषधि उपचारमा थप सहयोग पुग्ने बताईन।
नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा कोहलपुर नगरपालिकाले १५ वटै वडाका अपाङ्ग विपन्न महिलाहरुलाई चुरा पोते उपहार प्रदान गर्दै खुसी साटासाट गरेको छ । तीजको अवसरमा आर्थिक रुपमा अपाङ्ग र विपन्न महिलाहरुलाई जमघट गराई शुभकामना आदानप्रदान सहित तिजको उपहार प्रदान गरेको हो ।

कोहलपुर नगरपालिका नगर कार्यापालिकाको कार्यालयद्धारा आयोजित हरितालिका तीज मिलनको कार्यक्रम आयोजना गरेर नगर क्षेत्रका विपन्न, एकल महिला, अपांगता भएका महिला तथा द्धन्द्धपीडित महिलाहरुलाई चुरा पोते उपहार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाकि उपप्रमुख संगीता सुवेदीले तीजको अवसरमा नगरपालिकाका १५ वटै वडाका महिलाहरुलाई सहयोग गरिएको बताइन् ।
उनका अनुसार प्रत्येक वडामा पाँच जना महिलाका दरले चुरो पोते उपहार प्रदान गरिएको हो ।
नगरपालिकाका कूल ७५ जना महिलालाई तीजको अवसरमा सहयोग गरिएको हो । उक्त अवसरमा बोल्दै उपप्रमुख सुवेदीले तीजको अवसरमा नगरभित्रका अपाङ्ग र हिंसा पिडित सम्पूर्ण महिलाहरुको मत्म पीडा सुन्दै उनिहरुसङ्ग मिलेर खुसी साट्दै रमाइलो गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।
उनका अनुसार नगरपालिकाले तीजको अवसरमा एक दिन भएपनि सबै जना मिलेर रमाइलो गर्नको लागि कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले तीज महिलाहरुको लागि विशेष पर्व रहेको र दिदिबहिनीहरुको दुखेसो पोख्ने थलो रहेको बताइन् ।
उनले तीजलाई भड्किलो रुपमा मनाउनु भन्दा सभ्य रुपमा मनाउनुपर्नेमा जोड दिदै उपस्थिति महिला दिदिबहिनीहरुलाई तिजको शुभकामना व्यक्त समेत गरेकी थिइन । यस्तै कोहलपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख सञ्जुकुमारी चौधरीले नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सकारात्मक भएको बताइन् । उनले सम्पूर्ण महिलाहरु मिलेर नगर विकासमा अग्रसर हुनुपर्ने समेत बताइन् । उक्त कार्यक्रम कोहलपुर नगरपालिका निर्वाचित जनप्रतिनिधि, कर्मचारी र पत्रकार महिलाहरु र कविभिन्न संघ सस्थामा काम गर्ने महिलाहरुको बाक्लो सहभागिता रहेको थियो ।





