शनिबार अर्थात् ११ भदौमा माओ’वादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा प्रचण्डले भनेका थिए—हामी बालेनको’भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपा’य खोज्दैछौँ ।
शनिबा’र दिउँसो बानेश्वरको एक पार्टी प्यालेसमा कार्य कर्तालाई बालेन’भन्दा चर्को सेन्टिमेन्ट ल्याउने बताएका प्रचण्डले त्यसको संकेत पनि गरेका थिए । त्यति’बेला प्रचण्डले भनेका थिए, ‘हामी उम्मे’दवार पनि नयाँ-नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईं’हरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’
प्रचण्डले नयाँ मान्छे भनेर काठ’माडौंमा कम्तिमा २ सीट जित्ने रणनीति लिएको पनि बताएका थिए । बोल्ने क्रममा प्रचण्डले बाग’मती प्रदेशमा माओ’वादी अहिले एमाले’भन्दा अघि रहेकोले प्रतिनि’धिसभा चुनावमा पनि अघि हुने गरी जाने बताएका थिए । त्यसका लागि काठ’माडौंमा शून्य रहेको माओ’वादीले कम्तिमा २ सिट जित्ने बताएका थिए ।
प्रचण्डले त्यसो भन्नुको अर्थ काठ’माडौं निर्वाचन क्षेत्र ३ बाट कुलमान घिसिङलाई ल्याउने सन्दर्भसँग जोडिएको थियो । माओ’वादीका केन्द्रीय सदस्य बद्री बज गाईंका अनुसार काठमाडौ ३ नम्बर क्षेत्रबाट घिसिङलाई उम्मेदवार बनाउने तयारी भएको छ । शिला पत्रसँग कुरा गर्दै सोही क्षेत्रका नेता बज गाईंले भने, ‘काठमाडौं ३ बाट कुलमान घिसिङ’लाई उम्मेद’वार बनाउने तयारी भएको छ ।’
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले नै घिसिङ’सँग समन्वय गरि’रहेका छन् । उनीहरू दुई जनाबीच भइरहेको संवाद पार्टीको तल्लो तहमा धेरै चुहिएको छैन । तर, प्रचण्डले उपत्यका कमिटी’लाई शनिबार भनेको नयाँ मान्छे तिनै कुलमान घिसिङ भएको पनि विश्लेषण भइरहेको छ ।
आउँदो १८ भदौभित्र घिसिङ’को चुनाव उठ्ने विषयमा टुंगो लाग्ने पनि बताइएको छ । माओवादीस्रोतका अनुसार प्रचण्डले घिसिङ’लाई काठमाडौं ३ बाट उम्मेदवार बनाउन राजी भइसकेका भए पनि घिसिङले थप निर्णय भने दिइसकेका छैनन् । स्रोतका अनुसार घिसि’ङले चुनाव पछि पार्टी सर’कारमा गएको अवस्थमा उर्जा, सिँचाई तथा जलस्रोतमन्त्री बनाउनुपर्ने सर्त राखेका छन् । त्यसमा प्रचण्ड भने सक’रात्मक भइसकेका छन् । सोही’कारण १८ भदौभित्र घिसिङको विषय टुंगो लाग्ने बताइ’एको हो ।
रामेछाप स्थायी घर भएका घिसिङले काठमाडौं ३ रोज्नुमा उनको आफ्नो प्रभाव क्षेत्रको रूपमा पनि लिइएको छ । तुलना’त्मक रूपमा माओ’वादीको राम्रो पकड रहेको यो क्षेत्रमा माओ वादीका प्रभाव शाली नेता थिएनन् । मजदुर नेता गणेश रेग्मी विवा’दास्पद भई भ्रष्टाचारको मुद्दामा परेपछि उनी राज’नीतिबाट पलायन हुने स्थितिमा पुगेका छन् ।
यो क्षेत्रका इ’मानदार मानिएका नेता बद्री बजगाईं पार्टी विभाजनमा मोहन वैद्यसँग लागेका कारण यो क्षेत्रमा माओ’वादीको गतिलो नेता नभएको टिप्पणी भएको थियो । ब’जगाईं केही महिनाअघि माओ’वादी केन्द्रमा फर्किएका भए पनि उनी संघको उम्मेदवार हुने सम्भावना छैन । त्यसैले, उज्यालो नेपालका अभि’यन्ताको रूपमा चर्चित घिसिङको लोक’प्रियताका कारण माओ’वादीले उनलाई उम्मेदवार बनाउन खोजिए’को पनि देखिन्छ ।
छलफल भएको हो : घिसिङ
घिसि’ङले आफूसँग राजनीतिक दलले आसन्न निर्वाचनमा उम्मे’दवारी दिने विषयमा छ’लफल गरेको स्विकार गरेका छन्। विभिन्न दलका नेताहरुसँग कुराका’नी भएपनि आफूले अहिलेसम्म कुनै निर्णय गरि’नसकेको भनाइ उनको छ।
‘एउटा दलबाट मात्र होइन विभिन्न दलका नेताहरुले कुराकानी गर्नुभएको छ’, उनले भने, ‘तर मेरो तर्फबाट निर्णय भइसकेको छैन।’नेपाललाई लोडसेडिङ मुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका घिसिङलाई माओवादी केन्द्रले काठमाडौ–३ बाट निर्वाचनमा उठाउने तयारी गरिरहेको खबर हिजो मात्र सार्वजनिक भएको थियो।
माओवादी स्रोतका अनुसार सो दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी निर्देशक घिसिङ’सँग दुई पटक छलफल गरिसकेका छन्। र, यस विषयमा घिसिङ पनि सकारात्मक छन्।कार्यकारी निर्देशक घिसिङ’सँगको छलफलकै आधारमा नेता प्रचण्डले आफू’हरुले काठमाडौंमा बालेनभन्दा पनि चर्को सेन्टि’मेन्ट पैदा गर्ने तयारी गरिरहेको बताएका थिए।





