धरान । धरान उपमहानगरपालिकाले प्रविधिमैत्री बन्नका लागी मानवरहित हवाई उपकरण (ड्रोन) को खरिद गरेको छ । नेपालका स्थानीय तहमा ड्रोन खरिद गर्ने पहिलो स्थानीय तह धरान उपमहानगरपालिका भएको उपमहानगरको भनाई रहेको छ ।

एक हप्ता अगाडि काठमान्डौबाट अर्डर गरिएको सो नयाँ ड्रोन आज धरान आइपुगेको हो । शुक्रवार बेलुका ४ :३० बजे उपमहानगरको प्राङ्गणमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अनुमति लिएर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालले सो ड्रोनको परीक्षण उडान गरी ड्रोनको औपचारिक उद्घाटन गरे।

रिजालले भने’ ड्रोनको काम भनेको उपमहानगरकै आवासमा बसेर धरान क्षेत्रका गतिविधि छिटो छरितो ढङ्गबाट कैद गर्ने हो । कुन खोलामा बाढी कति आयो ?,कति क्षति भयो?,सर्दु जलाधारको वृक्षारोपण कार्यक्रमको दृश्यावलोकन गर्नुका साथै मनिटरसङ गरी वृक्षरोपण स्थानमा कसैले गाई बस्तु चराएको भएमा त्यहाका गतिविधि नजिकबाट निहाल्नु ,लागुऔषध प्रयोगकर्ताको अवस्था पत्ता लगाउने र सामूहिक झै -झगडा भएमा र ट्राफिक जाम भएमा उपमहानगरबाट यान्त्रिक रूपमा पत्ता लगाउन उपमहानगरले प्रयास गर्ने छ। ‘ ड्रोनले धरानको सबै क्षेत्रलाई समावेस गर्ने बताइएको छ भने ड्रोन उपमहानगरको छतबाट उड्ने छ ।

उपमहानगरका नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला , कम्प्युटर अधिकृत यज्ञराज यादव, किशोर अधिकारी इन्जिनियर लगायतले नयाँ ड्रोन अपडेट गरेका हुन्। यज्ञराजले भने ‘मईले पहिलो पटक उडाएको हो। ड्रोनको सेन्सर पनि राम्रो रहेको पाए पहिला हल्ला डर थियो तर,प्रविधि सँग काम गर्नु रमाइलो हुने रहेछ।’ उपमहानगरले ड्रोनको जिम्मा अहिले नगर प्रहरी कोइरालालाई दिइएको छ । कोइरालाका अनुसार धरान क्षेत्रको सुरक्षा व्यवस्थापन , अन्य गतिविधिको अवलोकनमा , मुख्य स्थानमा हुने भिडको र विपत् व्यवस्थापनको कुरामा ड्रोनको ठुलो भूमिका रहने बताए ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यक्तिगत तथा संस्थागत रूपमा अको प्रयोग अत्यधिक मात्रामा हुन थालेको छ । सरकारले सुरक्षा व्यवस्थामा असर नपुग्ने गरी यसको उडान अनुमति सम्बन्धी व्यवस्था गरेको रिजालको भनाई छ । अध्ययन, अनुसन्धान, सूचना सङ्कलन, सर्वेक्षण तथा नक्साङ्कन एवम् छायाङ्कन गर्ने उद्देश्यले ड्रोनको प्रयोग बढ्दै गएपछि सरकारले यसलाई व्यवस्थित गर्ने प्रयास गरेको हो र उपमहानगरले त्यही अभ्यास गरेको हो ।

https://youtu.be/w6KTtFvEsiw

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here