नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ब’लात्कारको घटनामा मुु’छिएपछि मुख खोलेका छन् । उनले आफूविरु’द्धको आरो’प अस्वी’कार गरेका हन्। ‘

 

उनले आफू निर्दो’ष भएको भन्दै कानूनी लडाइँ लड्ने नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराएका छन्।

 

उनले कानूनी प्रक्रियाका लागि सहयोग गरिदिन क्यानसमक्ष माग पनि गरेका छन्। क्यानका सचिव प्रशान्तविक्रम मल्लले सन्दीप आफूहरूको सम्पर्कमा रहेको र का’नूनी प्रक्रियाका लागि सहजीकरणको अपेक्षा गरेको बताएका छन्।

 

हाल सन्दीप वेष्ट इण्डिजमा छन्। क्यानसमक्ष सन्दीपले आफू क्यारेबियन प्रिमियर लिग सकेर नेपाल फर्कने बताएका छन्। उनीमाथि एक १७ वर्षीया बालिकालाई ज’बरज’स्ती क’रणी गरेको आ’रोपमा प्रहरीमा जा’हेरी दर्ता भएको छ।

 

सन्दीपमाथि आरोप लागेपछि क्यानले उनलाई कप्तानबाट नि’लम्बन गर्ने या नगर्ने भन्नेबारे छलफल गरेको थियो। तर जा’हेरी मात्र परेको र अनुसन्धानको विषय भएकाले तत्काल कुनै कारबा’ही नगर्ने क्यानले निष्कर्ष निकालेको थियो। क्यानले प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ।

 

सन्दीप हाल २२ बर्षका भए । उनले १९ बर्षको उमेरमै २०७६ कार्तिकमा काठमाडौंमा घर खरिद गरेका थिए । बुढानीलकण्ठमा रहेको फराकिलो कम्पाउनन्डसहितको आकर्षक घर उनले किनेका थिए ।

 

अन्तर्राष्ट्रिय टि(२० लिगहरु खेल्न थालेयता छोटो समयमै करोडौं आर्जन गरिसकेका छन् सन्दिपले । उनी बेलायतको ‘द हन्ड्रेड’ मा पनि डेढ करोड मूल्यमा अनुबन्ध भएका थिए । इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्न थालेयता सन्दीपले पछाडि फर्केर हेर्नु परेको छैन ।

 

उनी नेपाली राष्ट्रिय टिमका कप्तान हुन् । अन्डर १९ विश्वकपमा ह्याट्रिक गरेर चर्चामा आएका सन्दीपले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

 

स्याङजामा जन्मेका सन्दीपको स्थायी बसोबास चितवनमा थियो । काठमाडौंमा घर खरिद गरेपछि उनले बुवा आमालाई पनि यतै ल्याएर राखेका छन् । सन्दीपले यो घर साढे ४ करोड रुपैयाँमा खरिद गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here