आधुनिक शिक्षामा जोड दिँदै नुवाकोटको पूर्वी भेगमा रहेको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको छ।

 

विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नुका साथै शिक्षकको पेशागत विकासका लागि बिहीबार विभिन्न विषय अध्यापन गराइरहेका कालिका मावि शिवपुरीका शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो।

 

विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङमा रहेको सो विद्यालयका १७ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको हो।

 

विद्यालयमा आयोजित कार्यक्रममा शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गरे।

 

उनले प्रविधिको प्रयोगले आधुनिक शिक्षा प्रदान गर्न शिक्षक तथा विद्यार्थीहरूलाई सरल हुनुका साथै शिक्षक तथा विद्यार्थीको क्षमता तथा सिकाइमा प्रभावकारीता आउनेसमेत बताए। शिवपुरीमा रहेको सामुदायिक विद्यालयमा एक शिक्षक एक ल्यापटप कार्यक्रम सन्चालन गरिएको हो।

 

ल्यापटप हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दवाङ लामा, प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठ, गापा उपाध्यक्ष वीरवहादुर तामाङलगायतले आधुनिक प्रविधिले पठनपाठन तथा अन्य कार्य गर्न शिक्षकहरूलाई सुविधा पुगेको वताए।

 

हालसम्म सो कार्यक्रमबाट सो विद्यालयका २० जना शिक्षकहरूलाई ल्यापटप वितरण गरिसकिएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए। आगामी वर्ष पनि ल्यापटप वितरण गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here