पीडित लार्इ पिडा दिने तिम्रा जुक्ति लाई धिक्कार छ । सर्बसाधरण का निम्ति मात्रै हो कि ? ठुला बडा मन्त्री देखी पहुच वालाका निम्ति पनि हो ? नेपालगन्ज बाँके को भन्सार गेट साझ ८बजे नै ताला लाग्ने रैछ । बिरामी छोरिलाइ लखनउ बाट उपचार गरि आउँदा आउदै रातको ११ बजेको थियो ।

 

 

भारतीय भन्सारबाट अनुरोध गरि बल्लतल्ल नेपाल आफ्नो देश भित्र छिर्न पाइयो र आफुलाइ गर्ब लाग्यो । अब त मजाले आफ्नो घर पुग्न सकिन्छ ? तर भारत भन्दा असहज त आफ्नै भुमिमा रैछ मलाई अचम्म को महसुस भयो कताकता अन्तै देशमा भएको भान पनि भो आफ्नो देशको भन्सार मा आइपुग्दा अब अगाडि जान पाइदैन गाडी अटो कुनै पनि सवारी साधन जान नपाउने गरि भन्सारका कर्मचारी ले साझ ८ बजे नै यो बाटो को गेट मा ताला भरेर गै सके ।

 

अब बिहान् मात्रै खुल्छ भनेर डिउटिमा बसेका सुरक्षा गार्ड ले भने ,,कस्तो अचम्म को नियम कानुन बनाएका रैछन ? हामी कस्तो समृद्धि र बिकास का कुरा गरेका रैछौ ? हाम्रो मानव अधिकार का विषय कहाँ हराएका रैछ्न ? हे भन्सार बिभागका देवता तिम्रा आफ्ना मान्छेलाइ पनि यसरी नै दुख दिन्छौं या सरकारि गाडीमा बिराजमान गराइ ओसारपसार गर्छौ ? यो प्रश्न मेरो मात्रै होइन आम नागरिक जो अहिलेसम्म बोल्न सकेका छैनन् वहाँहरु सबैको साझा प्रश्न हो ।

 

आफ्नो सवारी होस् या अन्य साधन श्रोत कोहि पनि नागरिक अशक्त बिरामी भै उपचार्थ का निम्ति राजमार्ग जस्तो अति संबेदनसिल रोडमा साझ ८ बजे नै सवारी साधन गुडाउन पाइदैन भने हामि कस्तो नेतृत्व र कस्ता मन्त्री माननीय लाइ पुजा गरेर बसेका रैछौ भन्ने प्रष्ट हुन्छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here