काेहलपुर, “चार बर्ष भयाे मैले नेपालगन्ज काेहलपुर मेडिकलमा काम गरेकाे विगत दस महिना देखि तलब पाएकाे छैन, हामीले कसरी बिरामीको सेवा गर्न सक्छौ, हाम्रो पनि परिवार छ, दशैँकाे मुखमा!” एक नर्सले बताइन् । त्यस्तै अर्का नर्स मन्जु थारु भन्छिन् “यस अस्पतालमा सेवा सुरुगरेकाे तीन महिना भयाे तर तलब कत्ति पनि पाएकाे छैन अस्पताले तिमीहरू भर्खर आएको नयाँ यस बिषयमा बाेल्न पाउँदैनाै भन्नुहुन्छ”।
बुधबार दस बिघा स्थित नेपालगन्ज काेहलपुर मेडिकल कलेजमा कार्यरत तथा भुतपुर्व नर्सहरु आफुले पारिश्रमिक नपाएको भन्दै अस्पताल कक्षमै बिराेधमा उत्रिएका हुन्। उनिहरु हातमा “हाउ टु सर्भ वीईदआउट सेलरी, वीई निड सेलरी लेखिएका पम्प्लेट समातेर अस्पताल कक्ष भित्र उभिएर बिराेध जनाएका थिए।
साथै उनिहरुले अस्पताल भित्रका केही सेवा समेत बन्द गराएका हुन्। उपचारत बिरामी तथा बिरामी कुरुवाहरु यस बिषयलाई लिएर शशंकित भएकाे बताउँदै भने “आकस्मिक सेवा तथा उपचारत बिरामीहरुले ठिक समयमा उपचार नपाउँदा ज्यानै जान सक्छ , उता नर्सहरुकाे माग पनि जायज छ, याे समस्याको निराकरण गर्न यथासिघ्र अस्पताल पक्षले ध्यान दियाेस”।
भिडियो पनि हेर्नुस् ।





