बर्दिया , बिहीबार बिहान करिब साढे चार बजे नाईट बस चालकले दिएको खबर अनुसार पुर्व-पश्चिम राज मार्ग अन्तरगत पर्ने ओम्रेनी सडकखण्डमा प्रहरी पुग्दा एक पुरुष शक्त घाइते अबस्थामा फेला परे। उक्त व्यक्ति जङ्गगली जनावर वा सवारी साधनकाे ठक्करकाे कारण घाइते भएका हुन अहिलेसम्म खुलेको छैन।
प्रहरी र स्थानीय काे भनाइ अनुसार साे पुरुष स्थानीय नभएको खुल्न आएकाेले निजकाे अहिलेसम्म पहिचान खुलेको छैन। स्थानीय र प्रहरीको सहायतामा घाइतेलाई नेपालगन्ज उपचारको लागि पठाएको एक चालकले बताए।
फाेटाे: उमेश केसी





