खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थ्ति सित्खामा अन्धविश्वासको कारण एक जना बृद्धाको गाउँलेहरुले कुटेर वि”भित्स ढं”गले् हत्या गरेका छन् । माझी समुदायभित्र पितृ खुसी बनाउने नाममा खाँडादेवी गाउँपालिका–३, भिरापानी, सित्खामा ५५ बर्षीय बिबी माझीको कुटपिटबाट ज्या”न गएको हो । उक्त घटनामा थप एक जना बृद्धा ग”म्भी”र घा”इ”ते भएकी छिन् । जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न भएको आशंकामा २३ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

 

 

 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राज कुमार थिङले अन्धविश्वासको कारण एक जना बृद्धाको ज्या”न गएको बताए । उनले घ”टनामा संलग्न भएको आशंकामा २३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको  बताए । थिङका अनुसार मा”रिनेमा ५० बर्षीय बिबी माझी र घाइते हुनेमा उनकी आमा ७० वर्षीया सुनमाया माझी रहेका छन् । घा”इतेको उद्धार गरी मन्थली अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल डिएसपी थिङ स्वंम उपस्थित भएर अनुसन्धान प्रक्रिया अघि बढाएका छन् ।

 

गाउँलेहरुले बिबी माझीका कारण पितृ खुसी नभएको आ”रोप लगाउदै काम्नेसहितका युवा युवतीहरु मृ”तक माझीको घरमा पुगेका थिए । बिबीको घरमा आमाछोरीमात्र थिए । गाउँलेले पहिलेदेखि नै बिबीलाई बो”क्सीको आ”रोप लगाउँदै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार का”म्दै पुगेका युवायुवतीले बिबीकै कारण पि”तृ खुसी नभएको भन्दै सुरुमा कुटपिट गर्न सुरु गरेका थिए ।

 

काम्दै अक्षताले हान्दै कु”टपि”ट गरिरहेको बेला आएको बिरालोलाई पनि माझीहरुले का”टेका थिए । प्रत्यक्षदर्शीका अनुसार बिरालो का”टेपछि बिवीको पनि मृ”त्यु भएको थियो । पक्राउ परेकहरुले प्रहरी समक्ष युवा युव”तीहरु उक्त घटनाका बारेमा आफूलाई थाहा नभएको प्रारम्भिव बयान दिएका छन् ।प्रहरीले घटनामा संलग्न भएकाहरुलाई कारवाही हुने बताएको छ ।

 

भिरपानी स्थित सित्खामा गत आइतवार विभत्स ढंगले ५५ बर्षीय बिबी माझीको ह”त्या गरिएको आरोपमा पक्राउ परेका २३ जनाले हिरासतमै कामेर हैरान बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाको विषयमा सोधपुछ गर्नको लागि पक्राउ परेकाहरु आइतवार साँझ र सोमवार दिउसोसम्म नै कामेका थिए पक्राउ परेका मध्ये ११ जनालाई प्रहरीले पछि पुनः आउने शर्तमा रिहा गरेको छ भने बाँकी १२ जनालाई भने हिरासतमै राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । एक प्रहरी अधिकृतले ,‘पक्राउ परेकाहरु पितृ आए भन्दै सुरुको दिनमा कामेका थिए, अहिले कामने क्रम रोकिएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।

 

 

बयानको क्रममा माझीको आफूहरुले नभई पितृले मा”रेको जवाफ दिएका छन् । प्रहरीले भने अन्धविश्वासको कारण बृ”द्धाको मृ”त्यु भएकाले घटनामा संलग्न सबैलाई कारवाही हुने जनाएको ।य सैबीच घटनामा परी घाइते भएकी बिबी माझीकी आमाको भने मन्थली अस्पतालमा भइरहेको छ । उनको अवस्था सुधार भइरहेको प्रहरील बताएको छ । उनको अवस्था सुधार भएपछि घर फर्कनसक्ने अवस्था नरहेकाले प्रहरीले खाँडादेवी गाउँपालिकासँग उनको बसोबासको लागि आग्रह गरेको छ । रामेछाप न्युज /सान्केतिक फोटो

 

 

 

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here