देशै भरी बाट गठबन्धनले टुक्राटुक्रा पारेर लिए सिटहरु

काठमाडौं : गठबन्धन बैठकले केही सिट बाँकी राखेर सिट बाँडफाँट टुंग्याएको छ। जनता समाजवादी पार्टी (जसपा) ले पाउनुपर्ने भाग छाडेर गठबन्धनले बाँकी सिटमा सहमति गरेको हो।

 

जसपाले एमालेसँग चुनावी तालमेलका लागि अघि बढ्दै गर्ता यता सत्तारुढ दलहरूसँग महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जोडिएको छ। लोसपालाई कहाँ कति सिट दिने भन्ने छलफल जारी रहेको गठबन्धनका एक नेताले बताए।

 

बालुवाटारमा शुक्रबार बसेकोबैठकले माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने सहमति गरेको थियो। कांग्रेस ८४ सिट निश्चित भएको छ। तर लोसपासँग तालमेल गर्दा कुन सिट बाँडफाँट गर्ने विषयमा छलफलकै विषय रहेको ती नेताको भनाइ छ।

 

अन्नपूर्ण ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button