क्षितिज, रसुवा: लकडाउन पछि विभिन्न पर्यटकिय स्थलहरुमा बाह्य तथा आन्तरिक पर्यटकहरुकाे चाप बढे संगै पछिल्लो समय आन्तरिक पर्यटकहरूकाे राेजाइमा परिरहेको स्थान हाे भाङ्गे झरना।

 

याे झरना रसुवा जिल्लाकाे उत्तरगया गाउँपालिका -२ डाँडागाउँ सिम्लेमा पर्दछ।उक्त झरनाकाे माथि तामाङ र गुरुङ बस्ती अवस्थित छन्।

 

भाङ्गे झरनाकाे अवलोकन गर्न आउने पर्यटकहरुकाे आवश्यकतालाई मध्यनजर गर्दै खान बस्नकाे सुविधा सहितको हाेमस्टे सञ्चालन गर्दै आएका सबीना सापकोटा भन्छिन् ‘हामी कहाँ टाढा बाट आउने पर्यटकहरूकाे लागि खाजा, खाना-बस्न र इन्टरनेट काे समेत सुविधा छ। साथै फाेन सम्पर्क गरेर आउने पर्यटकहरुले पनि सुविधा लिन सक्छन्’।

 

प्राकृति साैन्दर्यले सजिएको भाङ्गे झरनाकाे संरक्षण तथा सम्वर्दन, प्रचारप्रसार र सम्वन्धित निकाएले झरना अवलोकन गर्न आउने पर्यटकहरुलाई झरना अवलोकन स्थल सम्म सजिलै पुग्न सक्ने माेटर बाटाेकाे स्तर उन्नति गरिदिए याे भाङ्गे झरना पर्यटकहरूकाे गन्तव्यस्थल बन्न सक्ने प्रबल सम्भावना छ।

भिडियो हेर्नुस् 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here